Saturday, July 26, 2014

बदनाम : विद्यार्थी राजनीति

भबिष्यका  कर्णधार हरुले  नै पुस्तकालय मा आगो  लगाउन थालेपछि  भोलि देश को हालत के होला। यसबाट  प्रस्ट  हुन्छ नेपालको विद्यार्थी आन्दोलन  कता जादैछ। देशमा विभिन्न  कालखण्ड मा भएका  राजनीतिक परिवर्तन हरुमा विद्यार्थी  संगठन  को भूमिका कुशल थियो र भबिष्य मा पनि हुनुपर्ने छ। तर वर्तमान घटनाक्रम हेर्दा विद्यार्थी राजनीति  गुण्डागर्दी  मा परिणत  हुने क्रममा  रहेको आवास  हुन  थालेको छ।  हो स्कुल ,क़लेज  र बिस्वबिध्यालय  हरु ज्ञान का मन्दिर  हुन्  र यहा बैचारिक  बहस हुनु जरुरि  छ। दूर्भाग्य विद्यार्थी  राजनीति बैचारिकता बाट टाढिदै  गयको छ। विभिन्न  संगठन क नाममा कलेज मा   हुने थोड्फोड़ , बन्द , हड्ताल र गुण्डागर्दी  ले कसलाई असर गर्छ  यो सोचनीय छ। बिद्यार्थीहरुको  प्रतिनिधि  हु  भन्ने अनि  बिद्यार्थीहरुलाई प्रतिकुल असर पर्ने काम  गर्दै हिड्नु कतिको  जायज छ। नेता भन्न कै  निमित्त उमेर गैसकेपछि  पनि कलेज  भर्ना हुने प्रवृति  तत्काल बन्द  हुनु जरुरि  छ। ढिजेल  र पट्रोल को  भाउ एक रुपैया  बढ्दा सडक मा टायर बाल्न पुग्ने  नेता हरु  आफ्नो  कलेजको  पुस्तकालय मा किताब अभाबको समस्या सुनेको  नसुनै  गर्ने प्रबृति  हाबी छ। विद्यार्थीको प्रतिनिधि  भएपछी  उनीहरुको समस्याको  ख्याल राख्नु पर्दैन  र। आम  विद्यार्थीका समस्या बाट  टाडा  भाग्ने  र राष्ट्रिय राजनीतिलाई  मात्र चासो दिएपछि  विद्यार्थी आन्दोलन  सकारात्मकता  तिर जाला  र।  विद्यार्थी राजनीति लै सहि बाटोमा ल्याउन सम्पूर्ण विद्यार्थी नेता हरुले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था आएको  छ। जय  होस्।

3 comments:

  1. Kailash sir!
    Its good to see you write. Indeed, the action of such irresponsible manner does demean the whole purpose of a student union. The action was very careless and saddening, not to speak of losses of books and prestige of the unions.
    I agree that the student leaders do need to think now to drag the consciousness of student unions to the line.. else unprecedented losses are bound to occur.. may these kind of black days never repeat in the future. Like you said.. "जय होस्!!" :)
    Please do keep on the good work of writing.. thanks for the share.

    ReplyDelete
    Replies
    1. But still i ask "Why we need a students leader?"

      Delete
  2. Very Impressive one kailash ji!! Love to see ur blog,,,,,:)

    ReplyDelete