Saturday, April 6, 2019

अन्तरिक्ष विज्ञानमा पाइला चाल्दै नेपाल । [Nepal Stepping Towards Space Science]




सुचना सकलन तथा संचार प्रयोजन को लागि पृथ्वीको वरिपरि घुम्ने कृत्रीम वस्तुलाइ भु-उपग्रह अर्थात अङ्ग्रेजिमा  Satellite भनिन्छ। भु-उपग्रह को ईतिहास सोभियत सघ ले सन्  १९५७ मा Sputnik - I नाम गरेको भु-उपग्रह प्रक्षेपण गरेर सुरुवात गरेर गरेको थियो। यसलाइ निरन्तरता दिदै  अहिले विभिन्न देशका सयौ यस्ता भुउपग्रह हरु विभिन्न प्रयोजनको लागि पृथ्वीको परिक्रमा गरिरहेका छन। दक्षिण एसिया का आठ देशहरुमध्य  भारत , बङ्लादेश, पाकिस्तान र भुटानले भुउपग्रह मार्फत अन्तरिक्षमा आफ्नो उपस्थिती जनाइसकेका छन भने नेपाल र श्रीलंन्का  प्रक्षेपण को तयारी मा रहेका छन। 







के हो न्यानो स्याटेलाइट?

नेपाल पनि आफ्नो भुउपग्रह प्रक्षेपण को तयारीमा रहेको बेला जनमानसमा भुउपग्रह सम्बन्धी उत्सुकता बडेको पाइन्छ। जापानमा अवस्थित Kyutech University को प्राबिधिक सहयोग मा निर्माण सम्पन्न भएको नेपाल को पहिलो भुउपग्रह लाई Nepsat - I नामाकरण गरिएको छ। भुउपग्रहको तौल, यसले पृथ्वीलाई परिक्रमा गर्न लगाउने समय , पृथ्वीको सतहदेखी भुउपग्रह सम्म को दुरि आदि लाई आधार मानेर भुउपग्रह लाई विभिन्न किसिममा बर्गिकरण गरिएको छ। सामन्यतय १ केजि देखि १० केजि सम्मन तौल भएका उपग्रह हरुलाई न्यानो स्याटेलाइट भनिन्छ। पृथ्वीको सतह देखि ४०० - ६५० किमि माथी राखिने येस्तो भुउपग्रह ले पृथ्वीको एक परिक्रमा गर्न ९० मिनेट लगाउछ। नेपाल को साथै श्रीलंका  र जापानको एक एक वटा भुउपग्रह एक साथ प्रक्षेपण गर्ने कार्यक्रम रहेको छ। Nepsat-I का लागि नेपाल बाट Nepal Academy of Science and Technology (NAST) ले नेतृत्व गरिरहेको छ। नेपालले प्रक्षेपण गर्न लागेको न्यानो स्याट  को मुख्य काम हाम्रो देश मा रहेका हिमालय शृंखला , पहाड हरुको बारेमा महत्त्वपुर्ण सुचना संकलन गर्नु हुनेछ। नेपाली अनुसन्धानकर्ता हरुले आफ्नै देशको भुउपग्रह  मार्फत पाएको सुचना लाई आधार मानी अनुसन्धान को दायरालाइ फराकिलो पार्ने अवसर प्राप्त गर्ने छन। जसले गर्दा सम्भावित जोखिम(बाढि, पहिरो,हिमपात) को  पूर्वानुमान  गरि  त्यस बाट आइपर्ने  क्षतिलाइ न्युनिकरण  गर्न बल पुग्नेछ। 


जियोस्टेशनरी भुउपग्रह ( Geostationary Satellite) राख्ने प्रकृया पनि सुरु

पृथ्वीको सतहदेखी करिब ३६५०० किमि माथी रहने जियोस्टेशनरी भुउपग्रह मुख्यत दुरसंचार  प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ । सन् १९८४ मै अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन (ITU) ले नेपालका लागि ५० डिग्री र १२३ डिग्री गरि दुई वटा स्लट दिएको थियो। करिब ३१ बर्ष पछि आएर नेपाल दुरसंचार प्राधिकरण ले  प्रक्रिया अगाडि बडाएको मा अर्को महिना भित्र फ्रान्सेली स्याट कम्पनी "Thales Alinies Spaces" बिच सम्झौता हुने सुखद खबर आएको छ।  यदि यो मिसन पनि सफल भएमा नेपाल मा बिधमान दुरसंचार , इन्टरनेट  तथा टेलेभिजन कम्पनी ले बिदेशी भुउपग्रह प्रयोग गरेबापत तिर्नुपर्ने ठूलो रकम बिदेशिन पाउन छैन। स्मरण रहोस , दक्षिण एसियालि देश हरुलाई  लक्षित  गर्दै  भारत ले सन् २०१७ मा South Asia Satellite (GSAT-9) प्रक्षेपण गरिसकेको छ। तर पुर्ण रुपमा अरु देशको नियन्त्रण मा रहने भुउपग्रह को प्रयोग राष्ट्रिय सुरक्षा को दृष्टि ले सहि नहुने निष्कर्ष निकाल्दै आफ्नै भुउपग्रह राख्ने दिशा मा अगाडि बड्नु पक्कै नै सह्रानिय कदम हो। भुउपग्रह प्रक्षेपण नेपाल को बिज्ञान तथा प्रबिधि विकासको एउटा कोशेढुङ्गा साबित हुने मा दुइमत छैन । सफलता को शुभकामना। 
शुभ होस , जय होस , जय नेपाल।।।

1 comment:

  1. Yeah. .Now the time has come to prove that nep is not in the last position of the queue... A great and warm good wishes to the countrymen and the scientists behind making it possible in near future.
    #Hope for its success.

    ReplyDelete